१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काठमाडौँ उपत्यकामा थपिए १२६१ कोरोना संक्रमित

२६ कात्तिक, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ९७६ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा २०४ गरी जम्मा १२६१ जना संक्रमित थपिएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १६६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६२ हजार २४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

प्रकाशित मिति : November 11, 2020 at 4:47 pm