पछिल्लो २४ घण्टामा थपिए २५६९ कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख नाघ्यो
२५ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा २५६९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या ३८ हजार ९१२ रहेकाे छ ।
पछिल्लो २४ घण्टामा थप १६६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६२ हजार २४३ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।
प्रकाशित मिति : November 11, 2020 at 4:38 pm



