दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु
२६ कात्तिक, दाङ । दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएकाे छ । देउखुरी राप्ती गाउँपालिका ४ मौरीघाटमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको हाे । गएराति ८ बजेतिर ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहा, राप्ती गाउँपालिका–२ का १८ वर्षीय कसम पुन र राप्ती गाउँपालिका–८ पिपरीका १८ वर्षीय दिनेश घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएकाे ।
प्रकाशित मिति : November 11, 2020 at 8:18 am



