धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा धक्का महसुश
२५ कात्तिक, काठमाडाैँ । धादिङ केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौँमा समेत महसुस भएको थियो ।
प्रकाशित मिति : November 10, 2020 at 5:22 pm



