१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघीय सिड कमिटीमा पुनः निर्वाचित

२५ असोज, काठमाडाैँ । नेपालकी अधिकारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघीय परिषद्‍मा मानव अधिकार उच्च आयोग मातहतमा रहने महिलाविरुद्ध हुने विभेद उन्मूलनको समिति (सिड)को नयाँ कार्यकालका लागि पुनः निर्वाचित भएकी छिन । सिडको वर्तमान कार्यसमितिमा पनि राणा सदस्य निर्वचित भएकी थिइन । उनको नयाँ कार्यकाल सन् २०२१ देखि २०२४ सम्म हुनेछ ।

‘सिड’को यो कार्यसमिति निर्वाचनमा वन्दनाले १ सय ३७ मत पाएकी छिन् । ११ सदस्यीय कार्यसमितिमा नेपालसहित घाना, अस्ट्रेलिया, चीन, बहमास, लिथुआनिया, लेबनान, फ्रान्स, फिलिपिन्स, मेक्सिको र नेदरल्याण्डसमेत निर्वाचित भएका छन् ।राष्ट्रसंघबाट पूर्ण मान्यताप्राप्त र विश्वका १८९ राष्ट्रले अनुमोदन गरिसकेको छ ।  सिडको समितिले हरेक ४ वर्षमा मुलुकको महिला हक–अधिकार स्थितिबारेमा रिपोर्टिङ गर्छ ।

प्रकाशित मिति : November 10, 2020 at 7:39 am