१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

प्रचण्डका घरबेटीले डुबाएः पैँचो नपाएपछि बंगलादेशबाट मल खरिद गर्ने सरकारको निर्णय

२५ कात्तिक, काठमाडाैँ । सरकारले बंगलादेशले पैँचो नदिएपछि जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट जीटूजीमार्फत रासायनिक मल खरिद गर्ने निर्णय गरेको हो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले ठेक्कामात्र होल्ड गरेर मल नदिएपछि सरकारले लाज ढाक्नैका लागि पैँचो मलका लागि बंगलादेश सरकारसँग अनुरोध गरेको थियो । तर प्रधानमन्त्रीको पैँचोको अनुरोधलाइ वास्ता नगरेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट जिटुजी माध्यमबाट रसायनिक मल खरिद गर्ने निर्णय गरेको हो । ठेक्का हत्याएर अधिकारीहरूले मल नदिएपछि किसानहरूले बाली लगाउने मुख्य सिजनमै रसायनिक मलको हाहाकार भोग्नुपरेको छ ।

प्रकाशित मिति : November 10, 2020 at 7:22 am