काठमाडाैँ उपत्यकामा थपिए १४२८ जना कोरोना संक्रमित
२४ कात्तिक, काठमाडाैँ । बितेको २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमितहरूमा ६३० महिला र ७९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ११३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जना रहेका छन् ।

योसँगै हालसम्म काठमाडौँमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये काठमाडौँमा १५ हजार ९२८ जना, ललितपुरमा २२५९ जना र भक्तपुरमा ११४३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति : November 9, 2020 at 4:48 pm



