काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाकाे मृत्यु
२४ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या ३६ हजार १७४ रहेकाे छ । पछिल्लो २४ घण्टामा थप १७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ६९ हजार ७२४ पुगेको छ ।
प्रकाशित मिति : November 9, 2020 at 4:41 pm



