१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितकाे मृत्यु

२४ कात्तिकक, बुटवल : रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार बिहान बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल १ पुरुष र भैरहवास्थित भिम अस्पतालमा १ महिला संक्रमितको मृत्यु भएको हो।

बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। कात्तिक २२ गते काेराेना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ति पुरुष मिर्गौला र कलेजोका दीर्घरोगी रहेको थिए ।

फाइल फाेटाे

त्यस्तै, भैरहवास्थित भीम अस्पतालमा  १ काेराेना संक्रमित महिलाको मृत्यु भएको छ। कात्तिक १७ गते काेराेना संक्रमण पुष्टि भएकी सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको सोमबार बिहान ६ः२० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलले जानकारी दिए।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यमा समस्या भएपछि ति महिलालाई २२ गते  भीम अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। उनमा मधुमेहको समस्या रहेको थियो।

प्रकाशित मिति : November 9, 2020 at 11:43 am