१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

धादिङकाे दार्खामा ग्रामीण अस्पताल शुरु

२३ कात्तिक, धादिङ । खनियाबास गाउँपालिकाले दार्खा स्वास्थ्य चौकीलाई ग्रामीण अस्पतालको रुपमा विकसित गरी चिकित्सकीय सेवा शुरुआत गरेको छ । अस्पताल सञ्चालनको लागि आवश्यक स्वास्थ्यकर्मी तथा भौतिक पूर्वाधार व्यवस्थापन गरी अस्पताल शुरुआत गरिएको जनाइएको छ ।

मेडिकल अधिकृत, रेडियोग्राफर, ल्याब टेक्निसियन तथा नर्स लगायतका नयाँ जनशक्ति भर्ना गरिएको र पन्ध्र श्ययाको अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक आइतबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँले वाग्मती प्रदेश सरकारले पाँच श्ययाको अस्थाइ कोभिड –१९ अस्पताल बनाउन सहयोग उपलब्ध गराएको र गाउँपालिकाले आफ्नो लगानी गरेर अस्पतालको रुपमा विकास गरिएको बताउनुभयो । जिल्लाको विकट क्षेत्रमा सरकारी तवरबाट अस्पताल सञ्चालन भएपछि स्थानीयवासीले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने छन् ।

प्रकाशित मिति : November 8, 2020 at 4:22 pm