३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

डोनाल्ड ट्रम्पलाई स्तब्ध पार्दै अमेरिकाको ४६ औँ राष्ट्रपतिमा जो बाइडेन विजयी


२२ कात्तिक, काठमाडाैँ । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन विजयी बन्नु भएको छ । ‘कि स्टेट’ भनिएको पेन्सिलवेनियामा जित निकालेपछि उहाले २७३ इलेक्टोरल कलेज भोट प्राप्त गर्नुभएको हो । अमेरिकी राष्ट्रपति बन्नका लागि २७० भोट आवश्यक पर्दछ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार बाइडेनले २७३ मत प्राप्त गरेर अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बन्नु भएको हो । पेन्सिलवेनियामा उहाले ९८ प्रतिशत मत गणना सम्पन्न हुँदा ३३ लाख ४५ हजार ७२४ मत प्राप्त गर्नुभएको छ । डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ३३ लाख ११ हजार ३१० मत प्राप्त गर्नुभयो ।

ट्रम्पको भने २१४ मत रहेको छ । अझै तीन राज्यको अन्तिम मत परिणाम आउन बाँकी नै रहेको छ । तर, २७० मत कटिसकेकाले सो राज्यको परिणामले पनि कुनै असर गर्ने छैन ।

वाइडेनले अब आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्नुहुनेछ । बाइडेन डेमोक्रोटिक पार्टीका सदस्य हुनुहुन्छ । पूर्व राष्ट्रपति बाराक ओबामाकालमा उहा उपराष्ट्रपति हुनुहुन्थ्यो । १९४२, नोभेम्बर २० का दिन जन्मिनु भएका उहाले १९७० मा न्यु क्यासल कन्ट्री काउन्सिलर पदमा जित हात पार्दै अमेरिकी इतिहासमा छैटौं कान्छो सिनेटर बन्नु भएको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार २२:४१