१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

अब टोलटोलमा कोरोना संक्रमितको निगरानीका लागि सहयोग समूह

२२ कात्तिक, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर एक सहयोग समूह गठन गर्ने मन्त्रालयका प्रमुख विशेषज्ञ तथा कोभिड–१९ फोकल पसर्न महेन्द्रप्रसाद श्रेष्ठ बताउनुभयो ।

ती समूहका ५ देखि ७ जना रहने छन् । कोभिड–१९ फोसल पर्सन श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङ परेका व्यक्तिको निगरानी गर्ने छन । “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ” उहाँले भन्नुभयो, “ अब उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित, ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।”

समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पु¥याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन । मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ ।

कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले ट्रेसिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताउनुभयो । “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उहाँले भन्नुभयो, “तर अव फेरि हामीले ठूलो मात्रामा कन्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौ ।”

उहाँले कन्याक्ट ट्रेसिङमा परेकामध्ये पिसिआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पिसिआर परीक्षण निःशुल्क गरिने बताउनुभयो । महाशाखाले कोभिड १९ संक्रमितसंग नजिक रहेको कममा तीन जनाको कन्टयाक्ट ट्रेसिङ गर्दै आइरहेको छ ।

कोभिड १९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नकालागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन जनादेखि ११० जनासम्ममा ट्रेसिङ गरिएको छ । सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई ट्रेसिङ गर्ने गरिन्छ ।

प्रकाशित मिति : November 7, 2020 at 8:47 pm