१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना संक्रमण, ४५०० जना निकाे भएर घर फर्किए

२१ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २९०९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा २९०९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।  योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । हाल सक्रिय संक्रमितकाे संख्या ३४९०५ रहेकाे छ ।

पछिल्लो २४ घण्टामा थप  ४५०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९०८  पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या  १०७० पुगेको छ ।

प्रकाशित मिति : November 6, 2020 at 4:54 pm