१० किलो बढी अफिमसहित १ जना पक्राउ
२१ कात्तिक, काठमाडाैँ । लागूऔषध नियन्त्रण ब्यूरोले १० किलो ४०० ग्राम अफिमसहित १ जनालाई पक्राउ गरेकाे छ। बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार जाजरकोटका तिलकबहादुर शाहीलाइ बाँकेबाट १० किलो ४ सय ग्राम अफिमसहित पक्राउ परेका हाे।

लागुऔषध अफिमको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ब्यूरोले जाजरकोट जुनीचाँदे गाउँपालिका–२ बस्ने ३७ वर्षीय तिलकबहादुर शाहीलाई अफिमसहित पक्राउ गरेको हो । शाहीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई बुझाइएको ब्यूरोले जनाएको छ ।
प्रकाशित मिति : November 6, 2020 at 4:39 pm



