कोरोना संक्रमणबाट धरानमा थप २ जनाकाे मृत्यु
२१ कात्तिक, काठमाडौँ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धा रहेका छन् । कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक १६ कात्तिकमा प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट ग्रसित रहेका बालकको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको हाे ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको छ । कात्तिक २० गते काेराेना संक्रमण पुष्टि भएकी वृद्धा साइकियाटिक सम्बन्धी समस्याबाट ग्रसित थिइन् । अस्पताल भर्ना भएकै दिन राति ११ बजे उनको मृत्यु भएको हाे ।
प्रकाशित मिति : November 6, 2020 at 1:38 pm



