विराटनगरमा २ काेराेना संक्रमित महिलाको मृत्यु
२१ कात्तिक, मोरङ । विराटनगरमा उपचारका क्रममा २ कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धनकुटा–४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा उपचारका क्रममा आज बिहान ८:१५ बजेतिर मृत्यु भएको हो । उनमा बिहीबार कोरोना पुष्टि भएपछि उपचारका लागि भर्ना गरिएको थियो । ती महिलामा श्वासप्रश्वासको समस्या पनि रहेको थियाे ।

यस्तै विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । कोरोना पुष्टि भएपछि ती महिलालाई गत बुधबार अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए ।
प्रकाशित मिति : November 6, 2020 at 11:05 am



