१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

काेराेना संक्रमित हास्य कलाकार मनोज गजुरेलको अवस्था गंभीर

२१ कात्तिक, काठमाडौँ । कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। उनलाई कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । काेराेना संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि  बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : November 6, 2020 at 10:42 am