स्वास्थ्यमा समस्या आएपछि सुदूरपश्चिमका कानुनमन्त्री शाह अस्पताल भर्ना
२० कात्तिक, धनगढी । कोरोना संक्रमण पुष्टि भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा रहेका थिए । नाकबाट रगत बगेपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले बताएको छ ।
प्रकाशित मिति : November 5, 2020 at 2:53 pm



