तिहारमा आवश्यक पर्ने भाइमसलाको मूल्य सस्तो, कुन मसलाको कति छ मूल्य ?
२० कात्तिक, काठमाण्डाै । तिहारमा आवश्यक पर्ने भाइमसलाको मूल्य सस्तो भएको छ । किनमेल गर्नेको संख्या कम र स्टक सामान धेरै भएकाले मुल्य सस्तो भएको व्यापारीले बताएका छन् ।
नेपाल खुद्रा व्यापार संघका अनुसार तेल, चिनी र गेडागुडीको मूल्य बढे पनि भाइमसलाको मुल्य भने घटेको छ । तिहार सुरु हुन एक हप्ता मात्रै बाँकी छँदा पनि बजारमा चहलपहल छैन । माग नै कम भएकाले भाइमसलाको मूल्य सस्तो भएको व्यापार संघले बताएकाे छ ।

भाइमसलाको रुपमा प्रयोग हुने काजु, किसमिस, पेस्ता, छोकडा, देशी बदाम, ओखर, खुर्पानी, मिश्री, ल्वाङ, सुपारी, सुकमेल, अलैँची लगायतको मूल्य पोहोरको तुलनामा घटेको छ । यी सामानमा किलोको २० देखि ५ सय रुपैयाँसम्म भाउ सस्तो भएको छ । पोहोरपरारजस्तो चहलपहल नभएपछि बजारमा भाइमसलाको मागसँगै मूल्य पनि कम भएको व्यापारीहरुको भनाइ छ ।

प्रकाशित मिति : November 5, 2020 at 2:42 pm



