राैतहटमा मोटरसाइकल दुर्घटना, १ जनाकाे मृत्यु
२० कात्तिक, रौतहट । राैतहटमा मोटरसाइकल दुर्घटनामा १ जनाकाे मृत्यु भएको छ । चन्द्रनिगाहापुर नगरपालिका-४ स्थित सडकमा ना.५ ख ५८११ नम्बरको ट्रकलाई बा.३१ प ६४१२ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ बस्ने २४ वर्षीय विशाल मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चपुरस्थित चन्द्रपुर अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : November 5, 2020 at 2:11 pm



