धरानस्थित वीपी प्रतिष्ठानमा सप्तरीका २ सहित ३ जना कोरोना संक्रमितको मृत्यु
२० कात्तिक, काठमाडौँ । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु हुनेमा सप्तरीका २ जना र मोरङका १ जना रहेका छन् । सप्तरीको राजविराज-१ की २३ वर्षीया युवतीको बिहीबार बिहान ३ः१५ बजे र सप्तरीकै राजविराज-८ का ६५ वर्षीय पुरूषको बिहान ८ बजे मृत्यु भएको हाे ।
सप्तरीकी २३ वर्षीया युवतीमा कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको भएकाे थियाे । ति युवतीलाइ उपचारका लागि कात्तिक १९ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकाे थियाे । उनी एनिमिया, पेन्सिटोपेनिया, अडल्ट पोलिसिस्टिक डिजिज र हाइपोथाइराडिज्मका बिरामी पनि थिइन् ।

६५ वर्षीय पुरूषमा भने कात्तिक १५ गते काेराेना संक्रमण पुष्टि भएको र सोही दिन उनी अस्पताल भर्ना भएका थिए । कात्तिक ९ गते अस्पतालमा भर्ना भएका मोरङका ५९ वर्षीय पुरूषमा सोही दिन काेराेना संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा बिहीबार बिहान उनको मृत्यु भएको थियो । उनी हाइपरटेन्सन र मुटुका रोगी थिए ।
प्रकाशित मिति : November 5, 2020 at 12:56 pm



