१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

नुवाकोटका पहिलो व्यवसायिक फोटोग्राफर श्याम खनालको निधन

१९ कात्तिक, नुवाकोट । नुवाकोट जिल्लाका पहिलो फोटोग्राफर श्याम खनालको बुधबार काठमाडाैँमा निधन भएको छ । ६६ वर्षको उमेरमा खनालको निमोनियाको कारण निधन भएको खनालको परिवारले जनाएको छ ।

निमोनियाबाट गम्भीबर बिरामी हुनभएको खनालको पछिल्लो साता मनमोहन अस्पताल स्वयम्भूमा उपचार भैरहेको थियो । उहाँको बुधबार बिहान ११ बजे निधन भएको र बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । खनालको निधनमा नेकपाका युवा नेता एवं सांसदद्धय केशवराज पाण्डे र बद्री मैनालीले दुःख प्रकट गर्नुभएको छ ।

खनालले नुवाकोटमा निजी विद्यालयको स्थापनाका लागि समेत योगदान गर्नुभएको थियो । उहाँ बट्टारमा रहेको स्वभिनियर बोर्डिङको समेत संस्थापक हुनुहुन्छ । बट्टार फोटो सर्भिस भन्ने खनालको पसलमा त्यो समयमा पनि फोटो खिचाउन मानिसको भीड लाग्ने गरेको थियो । यहाँको स्टुडियो खनाल फोटो स्टुडियो नामले समेत प्रख्यात रहेको थियो ।

खनालको एक श्रीमति, तीन छोरा र एक छोरी हुनुहुन्छ । खानलका एक छोरा दिपेन्द्र सफल चलचित्र निर्देशक हुनुहुन्छ । दिपेन्द्र के खनाल नामले चिनिने उहाँ चपलि हाइट, पशुपति प्रसाद जस्ता फरका धारका चलचित्रको सफल निर्देशक मानिनुहुन्छ ।

प्रकाशित मिति : November 4, 2020 at 9:46 pm