१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

सुबिसुका अध्यक्ष सुधिर पराजुली आइस्पानको अध्यक्षमा सर्वसम्मत निर्वाचित

१९ कात्तिक, काठमाडाैँ । सुबिसुका अध्यक्ष सुधिर पराजुली इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)को अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन । पराजुलीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति निर्वािचत भएको छ । लामो समयदेखि इन्टरनेट तथा केबल टिभी सेवामा सक्रिय पराजुलीले केबल टेलिभिजन महासंघको नेतृत्वमा रहेर समेत काम गरिसकेका छन ।

बुधबाार जूम मिटिङ्गमार्फत निर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रमेश खरेल, कोषाध्यक्षमा पुस्कर सिंह बडाल , कार्यसमिति सदस्यमा भने विनोद तिमल्सिना र सुरेन क्षेत्री चयन भएका छन । यस्तै वरिष्ठ सल्लाहकारमा बिजय जलान, बिनय बोहरा र विनय मोहन साउद चयन भएको नवनिर्वाचित अध्यक्ष पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : November 4, 2020 at 9:00 pm