काँग्रेस संसदीय दलद्वारा सीता महराको निधनप्रति दुःख व्यक्त
१९ कात्तिक, काठमाडाैँ । नेपाली काँग्रेस संसदीय दलले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दुःख व्यक्त गरेको छ । उहाँको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रकाशित मिति : November 4, 2020 at 6:24 pm



