१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

काठमाडौँ उपत्यकामा थपिए १८७८ कोरोना संक्रमित

१९ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५७० जना, भक्तपुरमा ११९ जना र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याेसँगै नेपालमा कुल काेराेना संक्रमितकाे संख्या १ लाख ८२ हजार ९२३ पुगेकाे छ । हाल सक्रिय संक्रमितकाे संख्या ३६ हजार ९११ रहेकाे छ । पछिल्लो २४ घण्टामा थप ३८४४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ११ हजार ९७८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ ।

प्रकाशित मिति : November 4, 2020 at 4:41 pm