पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको कोरोनाबाट मृत्यु
१९ कात्तिक, काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको कोरोनाको कारण बुधबार बिहान मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि काठमाडाैँ नर्भिक अस्पतालमा उपचार गराइरहनु भएकी सीताको बुधबार बिहान निधन भएको महराका छोरा एटमले जानकारी दिनुभएको छ ।

कोरोना पोजेटिभ भएर अस्पताल भर्ना हुनुभएको उहाँमा निमोनियाको पनि समस्या देखिएको थियो । उहाँको १५ दिनदेखि भेन्टिलेटरमा उपचार भैरहेको थियो । उहाँको आज बुधबार बिहान ६:२५ बजे मृत्यु भएको र माइस्थेनियाबाट विगत १० वर्षदेखि पीडित रहेको बुझिएको छ । उहाँलाइ श्वासप्रश्वासमा समस्या देखिएपछि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।
प्रकाशित मिति : November 4, 2020 at 8:10 am



