१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

३ दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

१८ कात्तिक,  काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ

पोखरा महानगरपालिका-७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।


साथै १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : November 3, 2020 at 4:18 pm