१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

एक्सन एडले दियो पिपिई ९४५७ थान पिपिई सेट

१८ कात्तिक, काठमाडाैँ । एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराएको छ । मंगलबार बिहान मन्त्रालयको प्रांगणमा एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्याल र समाज कल्याण मन्त्रालयका अधिकारीको पनि उपस्थिति रहनुभएको थियो ।

प्रकाशित मिति : November 3, 2020 at 2:30 pm