१३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026

पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण, २४ जनाकाे मृत्यु

१७ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप  २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा  २९३३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।


पछिल्लो पटक गरिएको१३ हजार ४४६ स्वाब परीक्षणमा २९३३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३१५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ३७ हजार ९९२ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ ।

प्रकाशित मिति : November 2, 2020 at 5:08 pm