११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

प्रचण्डलाई शंकर पोखरेलको जवाफ अर्कोले के भन्यो होइन मेरो धारणा के हो ? भन्नुस्

१६ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ । पटक पटकको प्रयासका बाबजुत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले बहुमत पुर्याएर प्रधानमन्त्री केपी शर्मा ओलीलाइ कारबाही गर्ने र माधवकुमार नेपाललाई सरकारको नेतृत्व दिएर आफू पार्टीको एकल अध्यक्ष हुने गरी प्रस्ताव अघि सारेका छन ।

यस्तो प्रस्तावसहितको तयारी गरिरहेको प्रचण्ड समूहले आइतबार बिहान सचिवालय सदस्यको भेला गरेर प्रधानमन्त्री ओली अलग हुने तयार रहेको बताएको भन्दै प्रचार गराएपछि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई जवाफ दिएका छन । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रचण्डलाई जवाफ दिँदै भनेका छन ‘विवादका वेला जिम्मेवार व्यक्तिले मैले के भने, मेरो धारणा के हो ? भन्नु राम्रो हो । अर्कोले के भन्यो रु भन्दा सदैव आग्रह मिसिन्छ ।’

प्रकाशित मिति : November 1, 2020 at 8:16 pm