काठमाडौँको तीनकुने पुलमुनि एक पुरुषको शव फेला
१६ कात्तिक, काठमाडौँ । काठमाडौँको तीनकुने पुलमुनि एक पुरुषको शव फेला परेको छ । बागमती नदीले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

अन्दाजी ३०/३२ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको तीनकुनेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष बस्नेतले जानकारी दिए । बागमती नदीको किनारबाट शव निकालेर पहिचान गर्ने काम भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
प्रकाशित मिति : November 1, 2020 at 4:08 pm



