काेराेना संक्रमणका कारण कांग्रेसका नेता मण्डको निधन
१६ कात्तिक, काठमाडाैँ । कोरोना संक्रमणका कारण नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डको निधन भएको छ। बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको उपचारको क्रममा गएराति निधन भएको हो। शनिबार गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो।

नारायणीले उपचार गर्न नसक्ने भएपछि गम्भीर अवस्थामा थप उपचारका लागि काठमाण्डौँ लैजाने क्रममा बाटोमा नै निधन भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ का सभापति विजयशंकर यादवले जानकारी दिए।
प्रकाशित मिति : November 1, 2020 at 10:21 am



