नेकपाकी नेतृ विन्दा बिकको निधन
१६ कात्तिक, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ विन्दा बिकको क्यान्सर रोगका कारण आइतबार बिहान निधन भएको छ । उहाँको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ मा रहेको आफ्नो निवासमै आइतबार बिहान निधन भएको बिकको उपचारका लागि सहयोग अभियान चलाइरहेका नेकपा नुवाकोट काठमाडौँ सम्पर्क मञ्चका कोषाध्यक्ष रामनाथ खनालले जनाकारी दिनुभयो ।
बिक नेकपा नुवाकोटको जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । स्तन क्यान्सर देखिएपछि गत माघमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गराउनु भएको थियो । पछिल्लो भक्तपुर अस्पतालमा उपचारका लागि लगिए पनि अस्पतालले उपचार नहुने भएर फिर्ता गरिदिएपछि उहाँको घरमै राखेर अन्य खालका विधिबाट पनि उपचार भैरहेको थियो ।

बिकको उपचारमा आर्थिक अभाव भएपछि सम्पर्क मञ्चका कोषाध्यक्ष खनालको अगुवाइमा सहयोग अभियान समेत सञ्चालन भएको थियो । सहयोग अभियानबाट नेतृ बिकको उपचारका लागि राम्रै आर्थिक सहयोग जुटिरहेको पनि थियो । उहाँको श्रीमान, एक छोरा र एक छोरी हुनुहुन्छ ।
प्रकाशित मिति : November 1, 2020 at 8:23 am



