यस वर्षदेखि भारतीय फूल आयात नहुने, फूलमा नेपाल आत्मनिर्भर, मूल्य बढ्ने सम्भावना
१५ कात्तिक, काठमाडाैँ । यस वर्षदेखि भारतीय फूल आयात नहुने भएको छ । व्यवसायीहरूले नेपालमा फूल व्यवसायिक उत्पादन बढेका कारण अब भारतबाट आयात गर्नुपर्ने बाध्यता अन्त्य भएको बताएका छन । योसँगै उनीहरूले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने स्पष्ट पारेका छन ।

गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको व्यवसायीहरूले बताएका छन । यसवर्ष १५ लाख मात्र मालाको माग रहेको र यो नेपाली उत्पादनले धान्ने फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजूले बताएका छन । उनले फूलको मूल्य भने केही बढ्न सक्ने बताएका छन ।
प्रकाशित मिति : October 31, 2020 at 4:47 pm



