१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

काठमाडौँका सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण

१३ काठमाडाैँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण भएको छ। टाउको दुखेपछि उनले पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट आज पोजेटिभ आएको हो।

दाहालले आफू र श्रीमतीमा कोरोना संक्रमण देखिएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण देखिएको छैन।

प्रकाशित मिति : October 29, 2020 at 8:16 pm