१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

चौरसिया हत्या प्रकरणमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

१३ कात्तिक, काठमाडाैँ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ ।

बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध पर्सा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो ।

पर्सा प्रहरीले एक सातादेखि जाहेरी लिन अस्वीकार गर्दै आएपछि स्थानीयले विरोध तथा धर्ना कार्यक्रम गर्दै आएका थिए । प्रहरीले जाहेरी नलिएपछि मृतकको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो ।

जाहेरी दर्तासंगै अब आफन्तले शव बुझ्‍ने र शुक्रबार बिहान पोष्टमार्टम गर्ने जनाइएको छ । विन्दावासिनी गाउँपालिकाका सचिव समेत रहेका जिल्ला सदस्य चौरसियाको शव नारायणी अस्पतालमा राखिएको छ । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरिसकेको छ ।

यस्तो छ जाहेरीः

प्रकाशित मिति : October 29, 2020 at 6:53 pm