१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

असोज २९ देखि बन्द पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुल्दै

१३ कात्तिक, पोखरा । असोज २९ देखि बन्द पोखरा महानगरपालिकाको कार्यालय आजदेखि खुल्ने भएको छ । महानगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गएको असोज २९ गतेदेखि महानगरको कार्यालय बन्द भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले असोज २९ देखि बन्द सेवा आजदेखि सुरू हुने बताएका छन ।कर्मचारीमा सङ्क्रमण देखिएपछि कार्यालयले दिँदै आएका अत्यावश्यक बाहेकका अन्य सेवा रोकिएको थियो ।

प्रकाशित मिति : October 29, 2020 at 9:32 am