१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

४१ अंकले बढ्यो सेयर बजार, २ अर्ब ७२ करोड बढीकाे काराेबार

१२ कात्तिक, काठमाडाैँ । ५ दिनको बिदापछि बुधबार पहिलोपटक खुलेको बजार कारोबार रकम र सूचकका आधारमा निकै उत्साहपूर्ण रह्यो । बुधबार नेपाल स्टक एक्सचेज (नेप्से) परिसूचक ४१.२० अंकले बढेर १ हजार ६ सय ४७ दशमलव ४६ विन्दुमा पुगेको छ । यो करिब २.५७ प्रतिशतको वृद्धि हो ।

बुधबार नेप्से परिसूचक मात्रै नभएर यसअन्तर्गतका सबै सूचक र व्यापारमूलक क्षेत्र बाहेकका सबै उपसूचक समेत बढेको छ । बैंकिङ समूह एकैदिन ४.२७ प्रतिशत बढेर १ हजार ३ सय ४७ दशमलब २३ अंकमा पुगेको छ । विकास बैंक समूहमा २.९१ प्रतिशत बाहेक अन्य उपसूचकमा भने सामान्य बढोत्तरी देखिएको छ ।

यस दिन १८८ कम्पनीको ४२ हजार ६१८ पटकको कारोबारमा २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार रुपैयाँ बराबरको ९३ लाख २२ हजार ८५ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बुधबार व्यापार समुहको सुचक बाहेक सबै सूचकमा सुधार आएको छ । बैंकिङ सुचक ४.२७ प्रतिशत अर्थात ५५.१५ अंकले बढेको छ । यस्तै जीवन बीमा ११०।६८, विकास बैंक ६०.९७, निर्जीवन बीमा ४७.०७, होटल ३२.८५, माइक्रोफाइनान्स २५.१९, उत्पादन तथा प्रशोधन २०.८८, अन्य १४.५७, फाइनान्स १३.३८, हाइड्रोपावर ३.८६ र म्युच्युअल फण्ड ०.१३ अंकले बढेको छ ।
यस्तै व्यापार समुहको सुचक भने ८.८३ अंकले घटेको छ ।

बुधबार कारोबारमा आएका तीन कम्पनीहरुको शेयरमुल्यमा पोजेटिभ सर्किट लगेको छ । यस दिन प्राइम कर्मशियल बैंक, नेपाल फाइनान्स र सिटिजन्स बैंकको शेयरमुल्यमा पोजेटिभ सर्किट लागेको हो ।

प्राइम कर्मशियल बैंकको शेयरमुल्य सबै भन्दा धेरै ९.९० प्रतिशतले बढेर ३३३ रुपैयाँमा कारोबार भएको छ । यस्तै नेपाल फाइनान्सको शेयरमुल्य ९.६२ र सिटिजन्स बैंकको शेयरमुल्य ९.५५ प्रतिशतले बढेको हो ।

यस्तै पञ्चकन्य माइ हाइड्रापावरको शेयरमूल्य सर्वाधिक ३.४७ प्रतिशत घटेको छ । त्यसैगरी, रिडी हाइड्रोपावरको, माउन्टेन हाइड्रो, नेशनल हाइड्रो, दिब्यश्वरी हाइड्रोपावरको शेयरमूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार १५:५३