भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
११ कात्तिक, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हाे ।

कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।
प्रकाशित मिति : October 27, 2020 at 9:24 am



