आज टिकाकाे दाेस्राे दिन पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै
११ कात्तिक, काठमाडाैँ । आज टिकाकाे दाेस्राे दिन पनि मान्यजनबाट दशैँको टिका र जमरा लगाइँदैछ । हिजो लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने गरिन्छ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । तर यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण चहलपहल र भेटघाट निक्कै घटेको छ ।

दशैंको मुख्य दिन अर्थात् विजयादशमी हिजो मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरी मनाइएको छ । नेपालभर पञ्चाङ्ग निर्णायक समितिको साइत अनुसार दशैँको टीका जमरा लगाउने गरे पनि डोल्पाको त्रिपुराकोटमा भने आफ्नै साइत अनुसार दशैँको टीका लगाउने प्रचलन छ ।
प्रकाशित मिति : October 27, 2020 at 8:14 am



