प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपति भण्डारीबाट दशैंकाे टिका ग्रहण
१० कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडा दशैंकाे टीका ग्रहण गर्नुभएकाे छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई टीका र जमराकाे माला लगाइदिनुभएकाे थियाे । उक्त अवसरमा प्रथम महिला राधिका शाक्यले पनि राष्ट्रपतिबाट बडा दशैंकाे टीका र जमराकाे माला ग्रहण गर्नुभएकाे थियाे ।

प्रधानमन्त्री ओलीका पिता माेहनप्रसाद ओली गृहजिल्ला झापामा रहेकाले आफ्नाे निवासमा प्रथम महिला राधिका शाक्यलाई मात्र दशैंकाे टीका लगाउनुभएकाे थियाे ।

प्रकाशित मिति : October 26, 2020 at 4:00 pm



