पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण पुष्टि
९ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्षा मन्त्रालयले स्थितिसूचक मार्फत जानकारी दिँदै पछिल्ल २४ घण्टामा २८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । नेअनुसार १२ हजार ३ सय ११ जनाको पीसीआर परीक्षण गर्दा १७८९ जना पुरुष र १०६७ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ५८ हजार ८९ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४५५७२ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ थियो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई ३३३६ जना डिस्चार्ज भएका छन् । निको हुनेको कुल संख्या १ लाख ११ हजार ६७० पुगेको छ ।
प्रकाशित मिति : October 25, 2020 at 4:18 pm



