जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर दुईको मृत्यु
८ कात्तिक,जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छेडागाड– ३ की ३० वर्षीया शीतला जैसी र १६वर्षीया आरती दाहाल छन् । अन्य दुई घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि लगिएको छ ।

प्रकाशित मिति : October 24, 2020 at 4:55 pm



