१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

शनिबार २२२५ जनामा कोरोना पुष्टि हुँदा २८४६ जना कोरोनामुक्त भएर घर फर्किए

८ कात्तिक, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले दैनिक स्थितिसूचक रिपोर्ट सार्वजनिक गर्दै १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

शनिबार थपिएका २ हजार २ सय २५ जना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ४६ जना कोरोनामुक्त भएर घर फर्किएका छन ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा शनिबार १ हजार १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडाैँ जिल्लामा ८ सय ३२ जना, ललितपुरमा १ सय ७६ जना र भक्तपुरमा १ सय २ जनामा कोरोना संक्गरमण पुष्टि भएको छ ।

प्रकाशित मिति : October 24, 2020 at 4:42 pm