१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण

७ कात्तिक, नुवाकोट । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  नेपाली कांग्रेसका नेता समेत रहेका तामाङले सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना पोजेटिभ भएको जानकारी दिएका छन ।

प्रमुख तामाङले आफूमा कोरोजना पोजेटिभ देखिएको बताउँदै सम्पकर्मा आएका सबैलाइ सुरक्षित रहन र पिसिआर टेस्ट गरेर ढुक्क हुन अनुरोध गरेका छन । तामाङले एक सातादेखि विभिन्न बैठक र भेटघाटमा बसेको भन्दै त्यो समयमा सम्पर्कमा रहेकालाइ विशेष सावधानी अपनाउन अनुरोध गरेका छन । उनले आफ्नो स्वास्थ्य सामान्य रहेको भन्दै कुनै चिन्ता नलिन अनुरोध गरेका छन ।

 

प्रकाशित मिति : October 23, 2020 at 9:02 pm