प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण
७ कात्तिक, विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार पीसीआर गर्दा शुक्रबार आफूलाई कोरोना पोजेटिभ देखिएको मन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

आफ्नो अवस्था सामान्य रहेको र रुघाखोकी भने लागेको जानकारी मन्त्री कार्कीले दिए । उनकाे हाल स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनि अहिले विराटनगरमा आफ्नै निवासमा आईसोलेटेड भएर बसेका छन् । यस बिचमा आफ्नो निकट सम्पर्कमा रहनु भएका साथीभाई ईष्ट्मित्रहरुलाई सावधानी अपनाउन अनुरोध समेत गरेका छन् ।
प्रकाशित मिति : October 23, 2020 at 11:16 am



