१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

क्लिन फिड लागू भएपछि ग्राहकले २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने

६ कात्तिक, काठमाडाैँ । सरकारले विदेशी च्यानलहरुको प्रशारणमा विज्ञापनरहित (क्लिन फिड) लागू गरेसँगै उपभोक्तामा थप आर्थिक भार थपिने भदेखिएको छ । नेपाल सरकारको नीति अनुसार विदेशी सशुल्क च्यानलले विज्ञपनरहित विषयवस्तु प्रशारण गर्न साविकको मूल्यमा दिन नसक्ने बताएका छन् ।


सुविसु केबल नेटवर्कका अध्यक्ष सुधीर पराजुलीले विज्ञापन रहित प्रशारण हुन थालेपछि ग्राहकले कम्तिमा २५ प्रतिशत थप शुल्क तिर्नुपर्ने अवस्था आउने बताए । साथै च्यानलहरुलाई व्यवस्थित रुपमा हेर्न अझै तीनचार महिना कुर्नुपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : October 22, 2020 at 5:28 pm