१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

पछिल्लो २४ घण्टामा थपिए ३६३७ कोरोना संक्रमित, ३२१५ जना डिस्चार्ज

६ कात्तिक, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप जना ३६३७ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहिबारकाे नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ । उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १३ हजार ३४९ र होम आइसोलेशनमा ३१ हजार ५३८ जना  रहेका छन् ।

 पछिल्लो २४ घण्टामा थप ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म १ लाख २ हजार ८२० पुगेको छ ।

प्रकाशित मिति : October 22, 2020 at 4:34 pm