१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

विराटनगरमा आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन नहुने

६ कात्तिक, मोरङ । दशैँ विदा परेको भन्दै विराटनगरमा आजदेखि स्वाब संकलन रोकिएको छ । विराटनगर महानगरपालिकाले गर्दै आएको स्वाब संकलन ६ दिनसम्म बन्द गर्ने निर्णय गरेको हो ।महानगरले आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेको हो ।

सांकेतिक तस्विर

दशैँको विदामा कोशी अस्पताल विराटनगरले कोरोना परिक्षण नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको  महानगरपालिकाले जनाएको छ ।विराटनगर महानगरपालिकाले बुधबार सूचना प्रकाशित गर्दै  जैन भवन र मोबाइल भ्यानबाट हुने स्वाब संकलन कात्तिक १२ गते सम्मका लागि रोकिने जनाएको छ ।

प्रकाशित मिति : October 22, 2020 at 9:02 am