१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

नेप्सले माग्यो सिटिजन्स बैंकसँग स्पष्टिकरण, यस्तो छ कारण

५ कात्तिक काठमाडाैँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिटिजन्स बैंकसँग स्पष्टिकरण मागेको छ । कारोबार समयमा मूल्यमा प्रभाव पार्ने गरी सूचना जानकारीमा ल्याएको भन्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडसँग ३ कार्यदिनभित्र कारण स्पष्ट पार्न अल्टिमेटम दिएको छ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) घ अनुसार धितोपत्र मूल्यमा असर पर्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नै त्यस्तो सूचना जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । तर बैंकले त्यस्तो सूचनाको जानकारी कारोबार चलिरहेको बेला नेप्सेलाई गराएको आरोप नेप्सेले लगाएको छ । बैंक सञ्चालक समितिको गत सोमबार बसेको बैठकले चुक्तापुँजीको ७.७० प्रतिशत बोनस सेयर र करसहित ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

 

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार १३:५८